after_navbar

विषादी सेवनबाट तुलसीपुरमा दुई किशोरीको मृत्यु


जेठ १०, २०८२



दाङ, ९ जेठ । दाङको तुलसीपुरमा विषादी सेवनबाट दुई किशोरीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७, गैरापातुमा भाडाको कोठामा बस्दै आएका दुई किशोरीले विषादी सेवन गर्दा दुबैको ज्यान गएको हो । मृत्यु हुनेमा जिल्ला सल्यान बागचौर नगरपालिका–११, बाँफुखोला घर भई हाल तुलसीपुरमा बस्दै आएकी १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार बिहिबार राती ८ बजे दुबैले नाम नखुलेको विषादी सेवन गरेका थिए। तत्कालै उनीहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। अवस्था गम्भीर देखिएपछि त्यहींबाट घोराहीस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो। तर, उपचारका क्रममा सोही राति ११ः५० बजे दिपु परियारको मृत्यु भयो।

दिपा परियारलाई थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा लगिएको थियो। उपचारका क्रममा दिपाको पनि शुक्रबार बिहान ३ः४० बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

दुवै जनाको मृत्युको कारण खुल्न सकेको छैन। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयहरूका अनुसार ती किशोरीहरू केही समयदेखि तुलसीपुरमा बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="