after_navbar

लुम्बिनीमा नीति तथा कार्यक्रममाथि छलफल


जेठ १०, २०८२


दाङ । लुम्बिनी प्रदेश सरकारले जेठ ५ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सैद्धान्तिक छलफल सुरु गरेको छ ।
सरकारको तर्फबाट आर्थिक वर्ष २०८२/०८३का लागि प्रदेश सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि शुक्रवार देखि छलफल प्रारम्भ गरिएको हो ।  शुक्रबार छैठौं अधिवेशनको सातौं बैठकबाट आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यले बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे पछी प्रकृयागत रुपमा  दलगत प्रतिनिधित्वको आधारमा प्रदेश सभामा छलफल सुरु भएको हो ।  सरकारले अधिकास नीति र कार्यक्रमलाई निरन्तरता दिदै यस वर्ष  कृषि, उद्योग, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता राखेको छ । २०४ बुँदे वार्षिक नीति तथा कार्यक्रम ल्याएको थियो । लुम्बिनी प्रदेश सभाको आजै बसेको छैठौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको “वार्षिक नीति तथा कार्यक्रम” को एक प्रति मुख्यमन्त्री चेतनारायण आचार्यले पेश गरेका छन ।

प्रदेश प्रमुखको सम्बोधनप्रति प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले पेश गरेको धन्यवाद ज्ञापनको प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गरेकी थिइन । प्रदेश सभाले धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
नीति तथा कार्यक्रममा छलफल गर्ने प्रदेशसभा सदस्यहरूले समर्थन र विरोधमा तर्क गरेका छन । सत्तापक्ष प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रमको पूर्ण समर्थनमा देखिएका छन ।  प्रतिपक्ष प्रदेश सभा सदस्यहरुले सुधारको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="