काठमाडौँ,१० जेठ । प्रहरीले राजावादी पक्षधरको प्रर्दशनीमा पक्राउ परेकाहरुको अनुसन्धान प्रतिवेदन बुझाएको छ । गत चैत १५ गते राजावादी पक्षधरहरूको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेका १०८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहित जिल्ला प्रहरी परिसर काठमाण्डौले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।
सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनलाई अनुसन्धान र विश्लेषण गरेर भोलिसम्म अभियोगपत्र दायर गर्ने तयारी गरेको छ । प्रहरीले आपराधिक उपद्रव, सङ्गठित अपराध, राज्यविरुद्धको कसूर, कर्तव्य ज्यानमुद्दा, ज्यान मार्ने उद्योगलगायतमा मुद्दा प्रस्ताव गरेको छ ।
प्रहरीले यस घटनामा आपराधिक उपद्रव र सङ्गठित अपराधमा ६१ जना र राज्यविरुद्धको कसूरमा २९ जनामाथि अनुसन्धान गरिरहेको थियो । त्यसमध्ये आपराधिक उपद्रव, सङ्गठित अपराधमा अनुसन्धानमा रहेका ३४ जना र राज्यविरुद्धको कसूरमा रहेका तीन जना हाजिरी जमानीमा छुटेका छन् । यो घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवम् सांसद धवलशमशेर राणालाई हाजिरी जमानीमा राखिएको छ भने दुर्गा प्रसाईं हिरासतमै छन् ।।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस