after_navbar

बम आक्रमणमा ७६ जनाको मृत्यु


जेठ ११, २०८२


एजेन्सी,१० जेठ । गाजामा भएको बम आक्रमणबाट ७६ जना प्यालेष्टाइन नागरिकको मृत्यु भएको छ । गाजामा इजरायलले पछिल्लो २४ घण्टामा गरेको बम आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार जारी हमलाहरूमा हताहत हुनेहरूको संख्या बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गाजामा द्वन्द्व सबैभन्दा क्रूर चरणमा पुगेको बताएका छन् ।

गुटेरेसले भोकमरीको चपेटामा परेकाहरुकोमा सहायता पुग्न नसकेको बताएका छन् । गाजामा अहिलेसम्म कुनै पनि सहायता वितरण नभएको संयुक्त राष्ट्रसंघले जनाएको छ

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म गाजामा इजरायलको युद्धमा कम्तिमा ५३ हजार ८ सय २२ प्यालेस्टिनीहरू मारिएका छन् भने एक लाख २२ हजार जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="