काठमाडौं, १० जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार नाति हृदयन्द्र शाहसहित नारायणहिटी दरबार पुगेका छन्। हृदयन्द्रले हजुरआमा रत्न राज्यलक्ष्मी शाहलाई भेट्ने इच्छा व्यक्त गरेपछि पूर्वराजा ज्ञानेन्द्रले उनलाई लिएर नारायणहिटी पुगेका हुन्।
पूर्वराजाको सचिवालयका अनुसार पारिवारिक भेटघाटको उद्देश्यले उनीहरू दरबार गएका थिए। ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल शाह पनि नारायणहिटी गएकी थिइन्।
२०६५ सालमा संविधानसभाबाट राजतन्त्र अन्त्य भएपछि ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडेका थिए। तर, उनकी आमा रत्न राज्यलक्ष्मी शाह भने त्यही दरबारभित्रको महेन्द्र मञ्जिलमा बस्दै आएकी छन्। पूर्वराजा परिवारको यो भेटघाट व्यक्तिगत र पारिवारिक तहमा सीमित रहेको जनाइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस