तनहुँ ११,जेठ ।पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु भएको छ।
दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।
दुर्घटनामा पाँच जना सवारमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका छन्।
दुर्घटनामा घाइते भएका दुई जनामध्ये एकको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। चालकको अवस्था सामान्य रहेको छ।
घटनामा घाइतेहरुको उद्धार नेपाली सेनाको कालीभञ्जन गण, नेपाल प्रहरी तथा स्थानीयवासीले गरेका थिए। घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस