दाङ,११ जेठ। दाङमा दुई किशोरी दुई दिनदेखि बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–१० नारायणपुरका दुई किशोरी शुक्रवार दिउँसोदेखि बेपत्ता भएका हुन् ।
१५ वर्षीया संगम चौधरी नेपाली र १२ वर्षीया कृतना चौधरी नेपाली शुक्रवार दिउँसोदेखि सम्पर्कबिहिन भएका हुन्।
परिवारका अनुसार उनीहरू घरबाट बाहिर गएका थिए।तर साँझसम्म नफर्किएपछि खोजी सुरु गरिएको हो। यतिबेला उनीहरू कहाँ छन् भन्ने जानकारी नभएकाले खोजीकार्यमा सहयोग गरिदिन परिवारको अपिल छ।
किशोरीहरूलाई देखेमा वा उनीहरूबारे केही जानकारी भएमा नजिकको प्रहरी चौकीमा खबर गर्न वा घरपरिवारको मोबाइल नम्बर ९७६९४३८२८९ मा सम्पर्क गर्न परिवारको अनुरोध छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस