दाङ,११ जेठ । सल्यानको कपुरकोटमा भएको जिप दुर्घटनाका घाइतेको परिचय खुलेको छ । राप्ती राजमार्ग अन्र्तगत कपुरकोट गाउँपालिका–३ लामीडाँडामा आइतबार दिउँसो साढे १ बजे उक्त दुर्घटना भएको थियो । दुर्घटना हुँदा लु१ ज१६३७ नम्बरको जिप सडकबाट करिब ४ मिटर तल खसेको हो।
सल्यान रिमबाट तुलसीपुरतर्फ गइरहेको जिप अनियन्त्रित भएर खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटनापछि सवारी साधन घटनास्थलमै रहेको र चालक प्रहरी नियन्त्रणमा रहेको छ। जिप चालक ३७ वर्षीय ज्ञानबहादुर महतारा कपुरकोट गाउँपालिका–५, रिमका बासिन्दा हुन्।
जिपमा चालकसहित १२ जना सवार थिए। तीमध्ये ९ जना घाइते भएका छन्। घाइतेहरूलाई राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरमा उपचारका लागि पठाइएको थियो। अस्पतालमा भर्ना गरिएका ६ जनालाई थप उपचारका लागि दिउँसो ३ बजे नेपालगञ्ज रिफर गरिएको छ।
घाइते व्यक्तिहरूमा ६२ वर्षीया भीमा बुढा, ६७ वर्षीया मञ्जिता बोहरा, ३८ वर्षीय विजय बुढाथोकी, ४६ वर्षीया सिता बुढा, १५ वर्षीया सपना बुढाथोकी, ५५ वर्षीय गोरेलाल बोहरा, ४५ वर्षीया चन्द्रकला महतारा, १८ वर्षीया पुष्पा महतरा, र ८ वर्षीया रोशनी महतरा रहेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस