after_navbar

मृत भेटिइन् रोशनी शाही


जेठ १२, २०८२


काठमाडौँ, ११ जेठ। भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्। बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरी बस्दै आएकी शाही आइतबार दिउँसो १स्५० बजे कोठाभित्रै मृत फेला परेको प्रहरी जनाएको छ।

शाही बलात्कार आरोपमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणकी पीडित हुन्। सो मुद्दामा पछि महरा अदालतबाट सफाइ पाएका थिए।

भक्तपुरका प्रहरी प्रमुख ९एसपी० माधव बुढाथोकीका अनुसार, कोठाको ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा थियो र शव कोठाभित्रै भेटिएको हो। घटनास्थलबाट सुसाइड नोट पनि बरामद गरिएको छ। यद्यपि, शवमा कुनै बाह्य चोटपटक देखिएको छैन।

शाहीको स्थायी घर जाजरकोट रहेको छ। उनका छोराछोरी विदेशमा छन् भने श्रीमान् भने कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="