after_navbar

तुलसीपुरमा गलेको अवस्थामा शव फेला


जेठ १५, २०८२


दाङ, १४ जेठ । तुलसीपुर उपमहानगरपालिका–३ स्थित सिरखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीका अनुसार बुधबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा शव निकै गलेको अवस्थामा फेला परेको छ। डिएसपी ठकुरीका अनुसार टाउको र खुट्टा पूर्ण रूपमा गलेर छुट्टिएको अवस्थामा भेटिएको शवको पहिचान अहिलेसम्म हुन सकेको छैन।
“शरीरको अवस्था हेर्दा करिब डेढ महिना अगाडिको मृत्यु भएको हुनसक्छ भन्ने अनुमान गरिएको छ,” उनले बताए।

शव फेला परेको स्थान नजिकै बंगुर फार्म रहेको र सोही फार्ममा काम गर्ने व्यक्तिले शव देखेपछि प्रहरीलाई जानकारी गराएको जनाइएको छ।

हाल शवलाई राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="