after_navbar

आठविसकोटमा जिप दुर्घटना: एकजना घाइते


जेठ १५, २०८२


रुकुम पश्चिम,१४ जेठ ।रुकुम पश्चिममा जिप दुर्घटना हुदा एकजना घाइते भएका छन् । जिल्लाको आठविसकोट नगरपालिका ११ को खौलामा जिप दुर्घटना भएको छ । मंगलबार बेलुका राडी बजारबाट वडा नम्बर १३ को घेत्माको लागि गएको लु १ च ९४५५ नम्बरको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुघर्टनामा परेर जिपका सहचालक घाइते भएका छन् । आठविसकोट नगरपालिका १३ निवासी २३ वर्षीय लक्ष्मण बिसी घाइते भएका हुन् ।

उनको हात र खुट्टामा चोट रहेको छ । घाइते बिसीलाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याएको प्रहरीले जनाएको छ ।

जिपमा आठबिसकोट नगरपालिका १३ निवासी २२ वर्षीय चालक महेन्द्र बुढाथोकी र सहचालक मात्र रहेको बुझिएको छ । गाडिमा चालक र सह चालक मात्र रहेको र चालकलाई केही नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषी पाठकले जानकारी दिए ।

जिप ब्रेक फेल भई सडक देखी करिब १० मीटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषी पाठकले जानकारी दिए । जिप ब्रेक फेल भई सडक देखी करिब १० मीटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="