काठमाडौँ ,१४ जेठ । प्रतिनिधिसभामा उठेका प्रश्नहरूमा प्रतिक्रिया दिन गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्ने अवसरको माग गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, र प्रधानमन्त्री सचिवालयका अधिकारीहरूसँगको बैठकपछि गृहमन्त्री लेखकले आफूले संसद्मा धारणा राख्न समय माग गरेको जानकारी दिएका हुन्।
बालुवाटार बैठकमा संसद् सुचारु गर्ने विषयमा समेत छलफल भएको थियो। सोही बैठकपछि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर संसद् खुलाउनेबारे कुराकानी गरेका थिए।
गृहमन्त्री लेखकले भने, “संसद्मा बोल्नका लागि मैले समय माग गरेको छु। संसद् अगाडि बढ्न दिने कि नदिने भन्ने प्रतिपक्षको कुरा भयो।”
यतिबेला माओवादी, रास्वपा, एकीकृत समाजवादीलगायतका विपक्षी दलहरूको बैठक संसद् वैठक चलिरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस