काठमाडौं,१४ जेठ। प्रतिनिधिसभाको आज (बुधबार ) को बैठक विपक्षी दलहरूको निरन्तर अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको छ।
बैठक प्रारम्भ भएलगत्तै विपक्षी सांसदहरू उठेर गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै नाराबाजीमा उत्रिएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगनको घोषणा गरेका हुन्।
विपक्षी दलहरूले बुधबार दोस्रो दिन समेत संसद् अवरुद्ध गर्दै गृहमन्त्री लेखकको तत्काल राजीनामा माग गरेका हुन्। उनीहरूले गृहमन्त्रीको राजीनामापछि मात्र स्वतन्त्र र निष्पक्ष छानबिन सम्भव हुने भन्दै उच्चस्तरीय छानबिन आयोग गठनको पनि माग गरेका छन्।
अघिल्लो दिनको जस्तै आज पनि विपक्षी सांसदहरूले संसद् बैठक चल्न नदिने अडान लिँदा बैठक अघि बढ्न सकेन। सभामुख घिमिरेले स्थिति नियन्त्रणमा नआएपछि बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस