काठमाडौँ,१४ जजेठ । नेपाली चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित भएको छ । भोलि (विहिबार) देखि प्रर्दशनको तयारीमा रहेको चलचित्र तत्कालका लागि रोकिएको हो ।
निर्देशक दिनेश राउतका अनुसार देशको विषम परिस्थितीको कारणले तत्काललाई प्रदर्शन रोकिएको हो । ‘हामीले उपयुक्त समयमा प्रदर्शन गर्ने तयारी गरेका छौं’ राउतले भने ।
यो चलचित्र प्रदर्शन हुने दिन विहिबारदेखि सत्तारुढ र राजावादी समूहले प्रदर्शनको आयोजना गरिरहेका छन् । यो पृष्ठभूमिमा निर्माताले रिलिज रोक्ने निर्णय गरेका हुन् ।
निर्माताले केहीबेरमा प्रदर्शन स्थगित भएको औपचारिक जानकारी दिनेछन् । नयाँ प्रदर्शन मिति भने तय नभैसकेको निर्देशक राउतले जानकारी दिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस