after_navbar

आज लुम्बिनीसहित दुई प्रदेशमा भारी वर्षा हुने


जेठ १६, २०८२


दाङ,१५ जेठ। देशमा पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा आज राति भारी वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहँदै पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

राति गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाले पहाडी तथा हिमाली क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="