दाङ, १५ जेठ। दाङबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस नागढुंगामा दुर्घटनामा परेको छ। काठमाडौंको नागढुंगा–नौबिसे सडकखण्डअन्तर्गत नागमन्दिर नजिक बस पल्टिँदा तीन जना यात्रु घाइते भएका छन्।
लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजे सडकको नालीमा खसेको हो। उकालोमा ब्रेक नलागेपछि बस ब्याक भएर नालीमा खसेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीया रोशनी घर्तीमगर गम्भीर घाइते भएकी छन्। उनको उपचारका लागि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा लगिएको छ। अन्य दुई जना सामान्य घाइते भएका छन्, जसलाई सिसाले काटेको बताइएको छ।
बस नालीमा खसेपछि नागढुंगा सडकखण्डमा सवारी जाम भएको छ। दुर्घटनाग्रस्त बस हटाउन क्रेन पठाइएको छ, तर सडक सुचारु हुन अझै केही घण्टा लाग्न सक्ने अनुमान गरिएको छ।
यसअघि धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि सडक अवरुद्ध भएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस