after_navbar

बाढीले डाइभर्सन बगाउँदा आवागमन पुर्ण अवरुद्ध


जेठ १७, २०८२


दाङ ,१६ जेठ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्किवास र दाउन्नेमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएको छ। विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्किवासमा रहेको विनयी खोलाको डाइभर्सन बगाएपछि नारायणघाट–बुटवल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।

नवलपरासीका जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बिहीबार रातिको भारी वर्षापछि वैकल्पिक सडक बगाएको हो। अहिले नयाँ डाइभर्सन बनाउन काम थालिएको छ तर सडक खुल्न अझै केही समय लाग्ने उनले बताएका छन्।

त्यसअघि, पाँच दिनअघि मात्रै बर्दघाट बजारबाट करिब ५ किलोमिटर पूर्वतिर खुर्सानी खोलामा बनाइएको अर्को वैकल्पिक सडक पनि बाढीले बगाइसकेको थियो। बाढीले तरकारी बोकेको एउटा पिकअप गाडी बगाएको भए पनि मानवीय क्षति भने हुन पाएन।

सडक अवरुद्ध भएपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

यसबाहेक, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्रभित्र पर्ने चोरमारा पुल वैशाख २९ गते र दुम्किवास पुल पुस २६ गते भाँचिएका थिए। पुल भाँचिएपछि खोलामै डाइभर्सन बनाएर सवारीसाधन चलाइँदै आएको थियो, जुन अहिलेको बाढीले फेरि बगाइदिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="