after_navbar

संसद अवरोध हटाउन परामर्श समितीको बैठक


जेठ १७, २०८२


काठमाडौं १६ जेठ । सभामुख देवराज घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । यो छलफल लगत्तै उनले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

छलफल तथा बैठक संसदको अवरोध हटाउने र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले आयोजना गरेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै उनको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन् ।

जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरुले आजबाट अवरोधको कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् । त्यसैले संसदको अवरोध हटाउन सभामुख घिमिरे सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="