after_navbar

आलमलाइ सफाइ दिने न्यायाधीशविरुद्ध उजुरी


जेठ १७, २०८२


काठमाडौं, १६ जेठ । रौतहट बम विस्फोट प्रकरणमा कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध छानबिनको माग गर्दै न्यायपरिषद्मा उजुरी परेको छ।

युवराज पौडेलले दिएका उजुरीमा उनीहरूको कार्यक्षमता र विगतका फैसलामाथि प्रश्न उठाउँदै निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग गरिएको छ।

जिल्ला अदालतले दोषी ठहर गरेपनि उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमसहितलाई सफाइ दिएको थियो। मिसिलमा भएका प्रमाणलाई बेवास्ता गर्दै फैसला गरिएको भन्दै न्यायाधीशहरूमाथि कारबाहीको माग गरिएको हो।

न्यायपरिषद् ऐनअनुसार खराब आचरण वा कार्यक्षमताको अभाव देखिएमा न्यायाधीशमाथि छानबिन हुनसक्छ। फैसलापछि न्यायाधीशद्वयको भूमिकामाथि तीव्र आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="