after_navbar

मोटरसाइकल र अटो एकआपसमा ठोकिँदा एकजनाको मृत्यु


जेठ १७, २०८२


सल्यान,१६ जेठ । मोटरसाइकल र अटो एकआपसमा ठोकिँदा सल्यानमा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।  

जिल्लाको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ सल्लीबजारबाट बालुवा संग्रहीतर्फ जाँदै गरेको भे १ ह ९९३० नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको भे १० प ८३८३ नम्बरको मोटरसाइकल अम्रा नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

बिहीबार राति भएको उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ का २१ वर्षका नवीन राणाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार मोटसाइकल चालक बन्गाड कुपिण्डे नगरपालिका–५ का २१ वर्षका सविन राना गम्भिर घाइते भएका छन्।

गम्भिर घाइते भएका दुवैलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि नेपालगन्ज लगिएकोमा नवीनको भेरी अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । उनका अनुसार घाइते सविनको नेपालगन्जस्थित नेसनल अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले अटो चालक गुर्वाकोट नगरपालिका–३ सुर्खेतका २८ वर्षका ढाकवीर कामीलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="