दाङ,१९ जेठ। तुलसीपुरमा रड प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा तुलसीपुर–५ (ग) लाइन निवासी ५३ वर्षीय अर्जुन गौतम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए।
उनका अनुसार तुलसीपुरको जेसिश चोक नजिकै उभिरहेको अवस्थामा गएराति सवा ११ बजे तिर नम्बर नखुलेको बुलेट मोटरसाइकलमा आएका एक युवाले अचानक गौतममाथि रड प्रहार गरेका हुन्।
प्रहारबाट गम्भीर घाइते भएका गौतमलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रेफर गरिएको प्रहरीले जनाएको छ।
घटनापछि आक्रमणकारी फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। रड प्रहारबाट घाइते गौतमको अनुहार र नाकमा गहिरो चोट लागेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस