काठमाडौं,१९ जेठ । नेपाल पर्यटन बोर्डले पर्यटकहरूको सहज आवागमन सुनिश्चित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका प्रमुख होटलहरूसम्म निःशुल्क शटल बस सेवा सञ्चालनमा ल्याएको छ।
देशका विभिन्न स्थानमा सार्वजनिक यातायात अवरोध, हड्ताल तथा सवारी सेवा अवरुद्धजस्ता समस्या देखिएपछि पर्यटकहरूलाई गन्तव्यसम्म पुग्न सहज बनाउने उद्देश्यले बोर्डले सो सेवा सुरु गरेको हो।
पर्यटकहरूको आगमनलाई व्यवस्थित, सहज र स्वागतयोग्य बनाउन सुरु गरिएको उक्त सेवामार्फत विमानस्थलको आगमन कक्षमै नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरू खटिएर जानकारी र आवश्यक सहयोग प्रदान गरिरहेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस