दाङ,१९ जेठ । दाङमा मरेको अवस्थामा हुहुँडारडार फेला परेको छ। घोराही उपमहानगरपालिका–१० अमराइमा सवारी साधनको ठक्करबाट एक वटा हुँडार (वन्यजन्तु) मरेको अवस्थामा फेला परेको छ।
तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत फन भ्याली नजिकै गएराति करिब १२ बजेको समयमा सवारी साधनले ठक्कर दिएको अनुमान गरिएको छ।
डिभिजन वन कार्यालय घोराहीका अनुसार ठक्करबाट मृत्यु भएको भाले हुँडारको लम्बाइ करिब ५ फिट र शरीरको गोलाइ १६ इन्च रहेको छ। मृत हुँडारको उमेर करिब ८ देखि १० वर्षको बीचमा भएको अनुमान गरिएको छ।
मृत अवस्थामा फेला परेको हुँडारको शवको व्यवस्थापन डिभिजन वन कार्यालय घोराहीले गरेको छ।
हुँडारलाई ठक्कर दिने सवारीसाधनको पहिचान गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस