काठमाडौं,२० जेठ । विपक्षी दलहरूले संघीय संसदका दुवै सदनको आजको बैठक अवरुद्ध गर्ने तयारी गरेका छन्।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भएको आशंका व्यक्त गर्दै छानबिनको माग गरेका छन्। सोही माग पूरा नहुँदासम्म संसद अवरुद्ध गर्ने रणनीतिमा उनीहरू छन्।
आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ। जेठ १५ गते संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत भएपछि आज पहिलोपटक संसद बैठक बस्न लागेको हो। बैठकमा बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची तय गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस