after_navbar

यातायात व्यवसायीको आन्दोलन फिर्ता


जेठ २१, २०८२


दाङ,२० जेठ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले आन्दोलन हाललाई स्थगित गरिएको जानकारी दिए। गण्डकी प्रदेशले ल्याएको उक्त नियमावलीविरुद्ध सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए।

देशभर सडक बन्दजस्ता कार्यक्रम गर्दै आएका व्यवसायीहरू र सरकारबीच संघीय तहको उपस्थितिमा वार्ता भएको थियो।

गएराति भएको सहमतिको ड्राफ्ट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत आज साँझ गण्डकी प्रदेश सरकारलाई पठाइएको थियो। सोही आधारमा प्रदेश सरकारले नियमावली एक महिनाका लागि स्थगित गरेको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="