दाङ,२१ जेठ । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा नजिकै मोटरसाइकलको ठक्करबाट ६ वर्षीय बालक गम्भीर घाइते भएका हुन् ।
बुधबार अपरान्ह साढे ४ बजे रानीजरुवा बाट बसपार्कतर्फ जाँदै गरेको रा ६ प ५४०८ नम्बरको मोटरसाइकलले पैदलयात्री ६ वर्षीय उत्तम पुनलाई ठक्कर दिएको हो। उनी सोही स्थानमा बसोबास गर्ने गोमा पुनका छोरा हुन्।
दुर्घटनामा परि बालकको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ। घाइते बालकको तुलसीपुरस्थित सिटी हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक अन्दाजी १८ वर्षीय साजन थापा भने दुर्घटनापछि फरार भएको र उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको छ।
अस्थायी प्रहरी पोष्ट बसपार्क तुलसीपुरबाट प्रहरी हवल्दार रेशम बहादुर रेउलेको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस