दाङ,२२ जेठ । चर्चित अभिनेता रमित ढुंगाना दाङको तुलसीपुर स्थित गणेशपुर पार्क आउदै छन् । ढुंगाना ‘सिनेमा पर्यटन विशेष संवाद’ कार्यक्रममा सहभागी हुन तुलसीपुर–७ स्थित गणेशपुर पार्क (राप्ती शान्ति उद्यान) आउन लागेका हुन् । शनिबार हुने उक्त कार्यक्रमले चलचित्र, पर्यटन र संस्कृतिको अन्तरसम्बन्धबारे विशेष बहस र छलफल गर्ने उद्देश्य राखेको छ।
चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखा, तुलसीपुर उपमहानगरपालिका वडा नं ७ को कार्यालय र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा हुने कार्यक्रममा ढुंगाना प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन्।
कार्यक्रममा निर्देशक तथा निर्माता मुनाल घिमिरेसहित कलाकार, रंग पत्रकार, संस्कृतिविद्, पर्यटनविद् र जनप्रतिनिधिहरूको उपस्थिति रहनेछ। आयोजकले विशेष बहस र अन्तर्क्रियामार्फत चलचित्रमार्फत स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनको सम्भावनामाथि ध्यान केन्द्रित गरिने जनाएको छ।
वडा नं ७ का वडाध्यक्ष रामबहादुर जिसीले दाङका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूलाई चलचित्रको माध्यमबाट प्रचारप्रसार गर्न सकिने बताए।
चलचित्र क्षेत्रको विकासका साथै स्थानीयस्तरमा रोजगारी, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा र उदेश्य रहेकोे संघका अध्यक्ष सन्तोष केसीले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस