दाङ२२ जेठ। तुलसीपुरमा करेन्ट लागेर एकजना गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ हात्तिखौवा नजिकै रहेको हिरो सोरुमको ग्यारेज निर्माण गर्ने क्रममा करेन्ट लाग्दा एक जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सूर्यबहादुर रानाले जानकारी दिए।
घाइते हुनेमा सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–१ घर भई हाल तुलसीपुर–६ गुम्राहचोक नजिकै रहेको जय श्री मनकामना ग्रिल उद्योगमा कार्यरत ३६ वर्षीय गोविन्द वली रहेका छन्। ग्रिल मेसिन प्रयोग गर्ने क्रममा उनको दायाँ हातमा करेन्ट लागेको बताइएको छ।
गम्भीर घाइते वलीलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि राप्ती लाइफ केयर अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस