दाङ, २२ जेठ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अब वातावरण संरक्षणका लागि नारा भन्दा व्यवहारिक कार्यदिशा आवश्यक भएको बताएका छन् ।
डिभिजन वन कार्यालय दाङले दंगीशरण गाउँपालिका–३, चखौरामा विश्व वातावरण दिवसको अवसरमा आयो
जना गरेको वृक्षरोपण तथा छलफल कार्यक्रममा सम्बोधन गर्दै चौधरीले वडा तहबाटै प्लाष्टिकमुक्त अभियान सुरु गर्नुपर्ने र यसका लागि कार्यदिशा बनाउनुपर्नेमा जोड दिएका हुन् ।
‘हिमालहरू नाङ्गिँदै गएका छन्, जताततै प्लाष्टिक फोहोर देखिन्छ। वातावरण विनाश मानिसकै कारण भएको हो। उनले भने–‘ अब दिवस मनाउने मात्रै होइन, प्रत्यक्ष रूपमा अभियान सुरु गर्नुपर्छ।’
तुलसीपुर बजारको प्लाष्टिक फोहोर बगेर खेतबारीमा पुग्ने अवस्थालाई उदाहरण दिँदै उनले स्थानीय सरकार र वडाहरूले तत्काल प्लाष्टिक र विषादीमुक्त अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
‘मेरो क्षेत्रमा प्लाष्टिकजन्य फोहोर र विषादीमुक्त छ भनेर भन्न सक्ने गरी आजैदेखि अभियान थाल्नुपर्छ, उनले भने–‘ साथै रुख बिरुवा रोपेर हरियाली बढाउनु पनि वातावरण जोगाउने महत्वपूर्ण कदम हो।’
उनले साल, मालुका पातजस्ता परम्परागत सामग्रीको प्रयोगबाट प्लाष्टिकको विकल्प सम्भव हुने बताएका छन्। जंगल केवल रुखको समूह मात्र नभई मानिससहित सम्पूर्ण जीवजन्तुको आहार स्रोत समेत भएको बताए ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पीमा वली खड्काले हरियाली प्रवर्द्धनका लागि सडक किनारमा रुख रोपिएको र पालिकाले ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएकी छन्।
इलाका प्रशासन कार्यालयका प्रमुख महेश गुरुङले प्लाष्टिक प्रदूषणले मानव स्वास्थ्यसँगै सम्पूर्ण वातावरण, जलचर र पारिस्थितिक प्रणालीमा विनाशकारी असर पारिरहेको बताएका छन्। उनले जलचक्रमै प्लाष्टिक मिसिएर पानी, माटो र जीवजन्तुमा असर परेको बताएका छन्।
दंगीशरण–३ का वडाध्यक्ष शुकलाल चौधरीले प्लाष्टिकजन्य वस्तुको अन्धाधुन्ध प्रयोगले डर लाग्दो अवस्था सिर्जना गरिरहेको भन्दै प्लाष्टिकको उपयोग र जंक फूडमा नियन्त्रण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत ओमबहादुर वलीले पृथ्वी तातिनु, मौसम प्रणाली अस्थिर हुनु र वातावरण प्रदूषणजस्ता समस्या मानव गतिविधि र प्लाष्टिकजन्य वस्तुको अत्यधिक प्रयोगकै परिणाम भएको बताएका छन्।
कार्यक्रमको अध्यक्षता डिभिजन वन कार्यालय दाङका प्रमुख विसेन्द्र सुबेदीले गरेका थिए भने कार्यक्रमको सहजीकरण सूचना अधिकारी टेकन आचार्यले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस