after_navbar

तुलसीपुर जेसीज सप्ताह जेठ २४ गतेदेखि सुरु


जेठ २३, २०८२


दाङ, २२ जेठ । तुलसीपुर नगर जेसीज सप्ताह आगामी जेठ २४ गतेदेखि सुरु हुने भएको छ। उक्त जानकारी दाङमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो। पत्रकार सम्मेलनमा मुख्य कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष केशवराज न्यौपानेले जेसीज सप्ताहको रूपरेखा प्रस्तुत गर्दै कार्यक्रमको स्वागत तथा उद्देश्यबारे जानकारी गराए।

जेसीज दाङका अध्यक्ष सन्दीप भुसालले यो वर्षको सप्ताहमा राष्ट्रियस्तरका कार्यक्रमहरू समेटिएको जानकारी दिँदै भने, ‘नेतृत्व विकास मात्र होइन, सामाजिक सेवामा पनि हामी क्रियाशील छौँ। हाम्रो कार्यक्रम मानवताको सेवामा केन्द्रित रहनेछ।’

उनका अनुसार जेसीज सप्ताह-२०२५ जेठ २४ गते देखि जेठ ३१ गतेसम्म चल्ने छ।सो अवधिमा अनुभव र प्रेरणा , विद्यार्थीसंग जेसीज,शैक्षिक सामग्री वितरण ,अन्तर जेसीज वक्तृत्वकला,व्याड्मेन्टन प्रतियोगिता ,रक्तदान लगायतका कार्यक्रमहरु हुनेछन् ।

कार्यक्रममा जेसीज आस्थापाठका प्रतिनिधि शरद देवकोटाले गरेका थिए। पूर्व अध्यक्ष झरेन्द्र खरेलले पनि मन्तव्य राख्दै जेसीजलाई सिक्ने–सिकाउने विश्वविद्यालयको संज्ञा दिए। उनले दिगो विकासलाई ध्यानमा राखी कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिँदै भने, ‘समाज रुपान्तरणमा प्रत्यक्ष प्रभाव पार्ने, समाज र समयका लागि सान्दर्भिक कार्यक्रमहरू ल्याउन अनुरोध गर्छु।’

कार्यक्रममा नारायणी रजौरे र शरद रेग्मीले पनि आ–आफ्ना धारणा राखेका थिए।

जेसीज सप्ताहको क्रममा नेतृत्व विकास, सामाजिक सेवा, मानवता र दिगो विकास लक्ष्य लाई समेट्ने खालका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

आयोजकका अनुसार विभिन्न वर्ग, समुदाय र पेशालाई लक्षित गरी कार्यक्रम सञ्चालन हुनेछन्। कार्यक्रमको सहजीकरण जेसीजका महासचिव बुद्धिराज साप्कोटाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="