जाजरकोट ,२३ जेठ । पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ मनमै स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको हो।
शुक्रबार दिउँसो पौडी खेल्न गएका तीन बालबालिकामध्ये १६ वर्षीया भगवती नेपाली र करिब १२ वर्षीया आशा कुसारीको ज्यान गएको हो। भगवती नेपाली नलगाड–८ निवासी टेकबहादुर नेपालीकी छोरी हुन् भने आशा कुसारी सोही ठाउँका सुरेन्द्र कुसारीकी छोरी हुन्।
सुरेन्द्र कुसारीका १० वर्षीय छोरा महेश कुसारी भने घटनापछि बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी बसन्तकुमार शर्माका अनुसार भगवती नेपालीलाई स्थानीयले भेरी नदीबाट उद्धार गरी आठबिसकोट नगर अस्पताल पुर्याएका थिए। तर, उपचारका क्रममा उनको मृत्यु भयो। आशा कुसारीको शव भने घटनास्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ।
बेपत्ता बालक महेश कुसारीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। ती बालबालिका पौडी खेल्नकै क्रममा नदीमा डुबेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस