after_navbar

ट्याक्टरको टोचनमा बसेका एक बालक घाइते


जेठ २६, २०८२


दाङ,२५ जेठ । दाङको तुलसीपुरमा एक बालक घाइते भएका छन् । तुलसिपुर उपमहानगरपालिका–५ रानिजरुवा नजिक आइतबार बिहान ट्याक्टरबाट खस्दा १५ वर्षीय बालक घाइते भएका हुन् ।

रानिजरुवाबाट बेलुवा तर्फ कामको लागि जाँदै गरेको रा.१ त ४०९५ नम्बरको मिक्चर जोडिएको ट्याक्टरको टोचनमा बसेका ऐरावती गाउँपालिका–८ निवासी पारस बिक घाइते भएका छन् । टोचनमा बसेका बिक अचानक खस्दा दुबै खुट्टामा चोट लागेको छ ।

घाइते बिकलाई तत्काल राप्ती प्रादेशिक अस्पताल, तुलसिपुरमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था मध्यम छ र उपचार भइरहेको छ।

ट्याक्टर चालक २२ वर्षीय सुनिल कुमार बिकलाई इलाका प्रहरी कार्यालय तुलसिपुरले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="