दाङ,२५ जेठ २५। बखरियामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ। तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा आज बिहान भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको हो।
गोल्टाकुरीबाट तुलसीपुर जांदै गरेको यात्रुबाहक बस (ना ४ ख ४००९) र ज्ञानज्योति बोर्डिङ स्कुलको खाली बस (रा १ क ८७०) ठोक्किएपछि यात्रुबस सडकबाट करिब ५ मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा परेर दंगीशरण गाउँपालिका–२ की ३७ वर्षीया शान्ता खड्का चौधरी र दंगीशरण-४ का ६५ वर्षीय नारायण भण्डारीको मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले पुष्टि गरेको छ।
घटनामा ३५ जना भन्दा बढी यात्रु घाइते छन् भने। उनीहरूको उपचार अस्पतालमा भइरहेको छ। प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस