दाङ,२५ जेठ ।दाङको तुलसीपुरमा एक बालक गम्भीर घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–७ माटाकुटी नजिक स्कुटरले साइकलयात्रीलाइ ठक्कर दिदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्।
आइतबार बेलुका ५ बजे श्रीगैबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ७ प २५९८ नम्बरको स्कुटरले विपरीत दिशाबाट जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिँदा गंगादेव गाउँपालिका–३ रोल्पाका कमानसिङ बस्नेत गम्भीर घाइते भएका हुन्।
टाउकोमा चोट लागेका बालकलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत छन् ।
दुर्घटनामा संलग्न स्कुटर र साइकल दुवैलाई ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ। स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका–७ का ३६ वर्षीय रुपेस डि.सी.लाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक भीमबहादुर बस्नेतको कमाण्डमा प्रहरी टोली खटिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस