दाङ,२६ जेठ । दाङको तुलसीपुरबाट १४ वर्षीय बालिका बेपत्ता भएकी छन्। तुलसीपुर उपमहानगरपालिका–(ख) लाइनबाट १४ वर्षीया सुनिता थापा बेपत्ता भएकी हुन् । प्युठान स्थायी घर भई हाल हजुरआमाको साथ बस्दै आएकी सुनिता यहि जेठ २१ गते बिहानदेखि सम्पर्कविहीन भएकी हुन्।
सुनिता तुलसीपुर सेन्टर माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् । बालिकाको खोजीका लागि परिवारले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दर्ता गराइसकेको छ। तर अहिलेसम्म पनि उनको कुनै अत्तोपत्तो नलागेपछि परिवार चिन्तित बनेको छ।
बालिकाकी आमा बाली थापाले छोरीको खोजीमा सहयोग गर्न सबैमा अपिल गरेकी छन्। उनका अनुसार सुनिता घरबाट कतापट्टि गइन् भन्ने यकिन जानकारी छैन। परिवार, आफन्त र चिनेजानेकाले सम्भावित स्थानमा खोजी जारी राखेका छन्।
सुनितालाई देखेमा वा उनको बारेमा जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा ९८४७८३२७०१ नम्बरमा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस