after_navbar

दुई नाल भरुवा बन्दुक फेला


जेठ २७, २०८२


रुकुमपूर्व, २६ जेठ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ स्थित रानीकोट जङ्गलमा सोमबार दुई नाल भरुवा बन्दुक फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार सोमबार बिहान सवा ६ बजेतिर उक्त बन्दुकहरू बेवारिसे अवस्थामा भेटिएका हुन्। जङ्गलमा अवैध रूपमा बन्दुक लुकाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीको टोलीले खोजतलास गर्दै जाँदा दुईवटा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रवक्ता तथा प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिए।

हालसम्म ती बन्दुक कसले र किन लुकाएको भन्ने खुल्न सकेको छैन। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="