after_navbar

काठमाडौँ महानगरका इन्जिनियरविरुद्ध साढे ४ करोड बढीको भ्रष्टाचार मुद्दा


जेठ २७, २०८२


काठमाडौँ, २६ जेठ । काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीविरुद्ध चार करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

आयोगका अनुसार कोइरीले सेवामा रहँदा पदीय मर्यादा विपरीत कार्य गर्दै अकुत सम्पत्ति आर्जन गरेका थिए। सोमबार आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको जानकारी दिँदै कोइरीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबारे विस्तृत अनुसन्धानपछि आरोप पुष्टि भएकाले मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

धनुषा जिल्ला, क्षीरेश्वरनाथ नगरपालिका–५ ९साविक नकटाझिज–६० स्थायी वतन भई हाल काठमाडौँ महानगरपालिका–४, चण्डोलमा बसोबास गर्ने कोइरीले २०४६ साल वैशाख १९ गतेदेखि २०७८ साल फागुन ३० गतेसम्म काठमाडौँ महानगरपालिकामा कार्यरत रहँदा कुल सात करोड ९६ लाख ७७ हजार ८०४ रुपैयाँ २३ पैसा आर्जन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

तर, तीमध्ये तीन करोड ३७ लाख ७९ हजार ४०० रुपैयाँ ३४ पैसाको मात्र वैध स्रोत देखिएको र बाँकी चार करोड ५८ लाख ९० हजार ४०३ रुपैयाँ ८८ पैसा अकुत रूपमा आर्जन गरिएको भन्दै अख्तियारले सो बराबरको बिगो मागदाबी गर्दै कारबाहीको मागसहित मुद्दा दर्ता गरेको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="