दाङ, २६ जेठ । दाङमा मुक्त कम्लहरीहरूको लागि अचार बनाउने तालिम सञ्चालन भएको छ । आत्मनिर्भरता र आयआर्जन क्षमता वृद्धि गर्ने उद्देश्यले १५ दिने अचार बनाउने तालिम सञ्चालन भएको हो । लुम्बिनी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय र सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो ।
मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीका अनुसार, यस्तो तालिमले महिलाहरूलाई सशक्त बनाउनेतर्फ टेवा पुग्ने विश्वास गरिएको छ। उनले प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा मुक्त कम्लहरीका लागि विभिन्न सीप विकासका कार्यक्रमहरू सञ्चालन हुँदै आएको जानकारी दिइन्।
तालिममा तुल्सीपुर र घोराही उपमहानगरपालिकाका ३० जना मुक्त कम्लहरी सहभागी थिए। मुक्त कम्लहरी विकास मञ्चका अनुसार हाल लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया तथा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा करिब १२ हजार मुक्त कम्लहरी रहेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस