after_navbar

नीति तथा कार्यक्रमको छलफलमा सञ्चारकर्मी अनिवार्य हुनुपर्ने माग


जेठ २७, २०८२


दाङ, २६ जेठ। स्थानीय तहको नीति तथा कार्यक्रमको छलफलमा सञ्चारकर्मीहरूको उपस्थिति अनिवार्य गराइनुपर्ने माग गरिएको छ। घोराही उपमहानगर पालिकाको १७औं नगरसभा अधिवेशनमा नगरसभा सदस्य लेखनाथ बुढाथोकीले नीति तथा कार्यक्रमको छलफलमा सञ्चारकर्मीको सहभागिता सुनिश्चित गर्न माग गरेका हुन् ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा बुढाथोकीले छलफलका चरणमा पनि सञ्चारकर्मीलाई समावेश गरिनुपर्ने धारणा राखे।

वडा नं. १५ का सदस्य समेत रहेका बुढाथोकीले भने, “अहिले जसरी सञ्चारकर्मीको सहभागिता छ, त्यस्तै छलफलको चरणमा पनि उनीहरूको उपस्थिति हुनु आवश्यक छ।”

उनले जनप्रतिनिधिले विकास निर्माणका विषयमा के बोल्छन् भन्ने जनताले जान्न पाउने अधिकारको रक्षा गर्न सञ्चारकर्मीलाई छलफलमा सहभागी गराउनुपर्ने तर्क राखे।

उनको मागमा प्रतिक्रिया दिँदै नगर प्रमुख नरुलाल चौधरीले व्यक्तिगत चाहनाले मात्र सम्भव नहुने र नगरको नीति, नियम तथा कानुनअनुसार प्रक्रिया अघि बढ्ने स्पष्ट पारे। तर, नगर प्रमुखको जवाफ चित्त बुझ्दो नभएको भन्दै बुढाथोकीले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला उभिएर विरोध जनाएका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="