बर्दिया, २६ जेठ । बर्दियामा बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्। ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ परेका हुन्।
बारबर्दिया नगरपालिका–१० बैदीस्थित बनखेतवा नालामा बाख्रा चराउन गएकी बालिकामाथि जबरजस्ती करणी गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा जमिन अहमद जागा रहेका छन्।
पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा चौधीकर्तनिया प्रहरी चौकीबाट खटिएको टोलीले जागालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए।
डीएसपी डमरपालका अनुसार आरोपीमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस