काठमाडौँ, २७ जेठ । शोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्दै कर्णाली प्रदेश अध्यक्ष देबीकृष्ण न्यौपानेसहितका नेताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरे।
कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा समर्पित रहेको बताउँदै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान चलाइरहेको जानकारी दिए।
उनले यस प्रकारको पार्टी प्रवेश र समायोजनले अभियानमा थप ऊर्जा र उत्साह थप्ने विश्वास व्यक्त गरे। माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गइरहेको उल्लेख गर्दै उनले पार्टीमा समायोजन हुनेहरूलाई उचित जिम्मेवारी दिइने प्रतिबद्धता जनाए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस