दाङ २७ जेठ। दाङमा जलेको अवस्थामा पल्सर मोटरसाइकल फेला परेको छ। जिल्लाको दङ्गीशरण गाउँपालिका वडा नं २ बागीचिरा सिँचाई ड्याम नजिकैको जंगलमा जलेको अवस्थामा मोटरसाइकल फेला परेको हो।
मङ्गलबार मोटरसाइकल जलेको अवस्थामा फेला परेको भन्ने सूचना पाएपछि इलाका प्रहरी चौकी गोल्टाकुरीबाट प्रहरी सहायक निरीक्षक कनैया लाल थारुको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ।
जलेको अवस्थामा फेला परेको उक्त १५० सिसी क्षमताको पल्सर मोटरसाइकलको इन्जिन नम्बर DHYRJB62723 र चेसिस नम्बर MD2A11CY3JPB00012 रहेको प्रहरीले जानकारी दिएको छ।
मोटरसाइकल १/२ दिन अघिदेखि नै जलेको अवस्थामा रहेको हुनसक्ने देखिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।
हाल उक्त मोटरसाइकल इलाका प्रहरी चौकी गोल्टाकुरीमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल कसको हो र जल्ने कारण के हो भन्ने विषयमा अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस