दाङ,२९ जेठ । तुलसीपुर नगर जेसीजले अन्तरजेसीज वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । जेसीज सप्ताह २०२५ अन्तर्गत पाँचौँ दिनमा अन्तरजेसिज वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । तुलसीपुर नगर जेसीजका अध्यक्ष सन्दीप भूसालको अध्यक्षता तथा राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो ।
नेपाल जेसीज २०२५ को राष्ट्रिय नारा “Rise Together for Better Tomorrow” शीर्षकमा आयोजित प्रतियोगितामा विभिन्न शाखाबाट प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा त्रिभुवननगर जेसीजका उपाध्यक्ष खेमराज भण्डारी प्रथम स्थान हासिल गर्न सफल भएका छन्। त्यसैगरी, कोहलपुर जुनियर जेसीजका अध्यक्ष प्रख्याल लम्सालले द्वितीय स्थान प्राप्त गरे भने आयोजक संस्था तुलसीपुर नगर जेसीजका शाखा सम्पादक पारस न्यौपाने तृतीय भएका छन्।
वक्तृत्वकला प्रतियोगिताको मूल्यांकन निर्णायक मण्डलका सदस्यहरू बासुदेव रिजाल, गोकर्ण पौडेल र खगेन्द्र काफ्लेले गरेका थिए। कार्यक्रमको स्वागत भूवन वलीले गरेका थिए भने जेसीज आस्थापाठ सन्तोष खड्काले गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज साप्कोटाले गरेका थिए।
तुलसीपुर नगर जेसीजले यस्ता कार्यक्रमहरू युवाको नेतृत्व विकास, आत्मविश्वास वृद्धि र सार्वजनिक अभिव्यक्तिमा सुधार ल्याउने उद्देश्यले आयोजना गर्दै आएको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस