काठमाडौँ,२९ जेठ । रामेछापमा एक जना पुरूषको हत्या भएको छ। जिल्लाको रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ बस्ने २९ वर्षका लबकुमार थापामगरको हत्या भएको । मंलगबार राती उनको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोला भट्टले जानकारी दिए।
लबकुमारको हत्या आरोपमा भिनाजु नाता पर्ने ५० वर्षीय विनोदकुमार यसमाली पक्राउ परेका छन्।
लबकुमार आफ्नो कोठामा सुतिरहेको बेलामा कसैले धारिलो हतियार प्रहार गरी भागेको भन्ने सूचना प्रहरीले पाएको थियो। त्यसपछि खटिएको प्रहरीले अनुसन्धान गरी भिनाजु नाता पर्ने विनोदकुमार घटनास्थलमा नरहेको थाहा पाएको थियो।
प्रहरीले उनलाई मध्यराति रामेछाप-५ रामपुर कोलन्जोरबाट पक्राउ गरेको थियो। उनको केही आपराधिक पृष्ठभूमि पनि देखिएको छ। हामीले पृष्ठभूमि हेर्ने काम गरिरहेका छौं,’ डिएसपी भट्टले भने। घटनाबारे अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत रामेछापबाट १० दिन हिरासतमा राख्न म्याद थप गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस