after_navbar

एक साताभित्र देशभर मनसुन सक्रिय हुने


जेठ ३०, २०८२


काठमाडौं,२९ जेठ । एकसाताभित्रमा देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । औसम मितिभन्दा १५ दिन अघि देखि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो ।

विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बिहीबारबाट देशव्यापी रूपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएको जानकारी दिइन् । केही दिन सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना देखिएको उनले बताइन् ।

उनले हालसम्म मनसुनी वायु पूर्वी क्षेत्रमा मात्रै रहेको र एक साताभित्र देशभर फैलने जानकारी दिइन् ।

कँडेलले यस वर्ष देशभर वर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसत भन्दा बढी मापन हुने सम्भावना देखिएको उल्लेख गरिन् ।

उनले जल तथा मौसम प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि सर्वसाधारणहरूले समेत मौसमको जानकारी लिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="