कैलाली,२९ जेठ । चट्याङ लागेर कैलालीमा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहिबार खेतमा हिडिरेको अवस्थामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको हो । कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–२, झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस