दाङ ।
तुलसीपुर उपमहानगरपालिकाले तयार पारेको संचार कार्यविधिको मस्यौदामाथि संचारकर्मी, संचार विज्ञ तथा सरोकारवालाहरूबाट सुझाव संकलन गरेको छ। शुक्रबार एक कार्यक्रमकाबीच पत्रकार, विज्ञ र प्रशासनिक पदाधिकारीहरूले कार्यविधिका विविध पक्षबारे आ-आफ्नो विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव पार्धेलगायत वक्ताहरूले मस्यौदामा समेटिनुपर्ने विषय, संचार स्वतन्त्रताको सम्मान र पारदर्शिता कायम गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
उपमहानगरपालिकाले संचार कार्यविधिको मस्यौदा तयार गर्न गठन गरेको समितिमा समावेश संचार विज्ञ सदस्यहरूको भूमिका प्रारम्भिक चरणमै पूर्ण हुने अपेक्षा गरिएको छ। विज्ञहरूको सुझाव र सरोकारवालाको सहभागिताका आधारमा कार्यविधिलाई अझ प्रभावकारी र व्यवहारिक बनाउने उपमहानगरको भनाइ छ।
कार्यविधिको अन्तिम रूप सार्वजनिक पूर्व सुझाव संकलन, छलफल र आवश्यक संशोधन प्रक्रिया अगाडि बढाइने जनाइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस