after_navbar

सडक भासिँदा ग्वालखोलामा टिप्पर पल्टियो


जेठ ३२, २०८२


दाङ, ३१ जेठ । सडक भासिएपछी दाङको तुलसीपुर स्थित ग्वारखोलामा टिप्पर पल्टिएको छ। तुलसीपुर उपमहानगरपालिका -१६ ग्वारखोला भिटोरियास्थित भित्री कच्ची सडक भासिँदा एक टिप्पर दुर्घटनामा परेको छ।

शनिबार दिउँसो करिब ३ बजे ईट्टा बोकेर तुलसीपुरबाट रुकुमतर्फ जाँदै गरेको ना १ क ९३२० नम्बरको टिप्पर सडक भासिँदा सडकको छेउमा पल्टिएको हो।

ईट्टा भट्टाबाट लोड गरिएका ईट्टासहित पल्टिएको उक्त टिप्परमा चालक मकवानपुर जिल्ला मनहरी गाउँपालिका–६ निवासी २५ वर्षीय सुदीप मोक्तान सामान्य घाइते भएका छन्। उनको दायाँ खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

टिप्परका सह–चालक विशाल सुनारको अवस्था सामान्य छ। घटनापछि टिप्पर उठाउने प्रयास भइरहेको र गाडीमा क्षति पुगेको जानकारी प्रहरीले दिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="