after_navbar

भरुवा बन्दुकसहित दाङमा एकजना पक्राउ


जेठ ३२, २०८२


दाङ,३१ जेठ । दाङमा प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको बंगलाचुली गाउँपालिका–३ लेखटापाबाट भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४४ वर्षिय लुमबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, रावतको घरमा अवैध हातहतियार लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाको आधारमा बिहीबार प्रहरीले खानतलासी गरेको थियो ।

प्रहरी निरीक्षक सोम घर्ती मगरको नेतृत्वमा खटिएको टोलीले रावतको घर खानतलासी गर्दा एक नाले भरुवा बन्दुक फेला परेको हो । बन्दुक बरामद भएसँगै रावतलाई नियन्त्रणमा लिइएको र प्रारम्भिक अनुसन्धानपछि उनलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले अवैध हातहतियार राख्ने कार्यलाई गम्भीर रुपमा लिँदै यस्ता गतिविधिमाथि निगरानी र नियन्त्रण बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="