after_navbar

Breaking:नागढुंगामा माइक्रो दुर्घटना, १९ जना घाइते


जेठ ३२, २०८२


काठमाडौँ,३१ जेठ । नागढुंगामा माइक्रो दुर्घटना भएको छ । दुर्घटनामा परेर १९ जना घाइते भएका छन् ।
काठमाडौंबाट चितवन जाँदै गरेको बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए ।

दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले अनलाइनखबरलाई जानकारी दिए ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="